Bal-Umang

Bal-Umang

अन्तत: विप्लव समूहमाथि सरकारको गर्यो यस्ताे निर्णय, दिइयाे अपराधिक संगठनकाे नाम

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘सरकारले विप्लव समूहलाई आपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।’

विप्लव समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार