Bal-Umang

Bal-Umang

मधेशमा घन्किएकाे अलग राष्ट्रकाे नारामा गृहमन्त्रीले खाेले यस्ताे मुख

रुपन्देही । गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्तिसुरक्षा र अखण्डतामा आँच आउने गरी कसैसंँग सम्झौता नगरिने स्पष्ट पारे । प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीलाइ सोमबार भैरहवामा सम्बोधन गर्दै उनले केही शक्तिले शान्ति, सुरक्षा र देशको प्रगति हुन नदिन सुरक्षा खतरा सिर्जना गरेकाले त्यस्तालाई सरकारले निस्तेज पार्ने बताए।

“केही तत्वहरुलाई आधारभूत रुपमा निय,न्त्रण गरिएको छ, बाँकीलाई पनि सफलतापूर्वक नियन्त्रण गर्ने प्रक्रिया अघि बढाएका छौंँ” उनले भने ।

नेत्रविक्रम चन्द समूह नेकपालाई अराजक गतिविधि र हिंसा रोकेर वार्तामा आउन उनले आग्रह समेत गरे । सिके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको नारा लगाउनुलाई गृहमन्त्री थापाले अन्तिम बिदाइ कार्यक्रम भएको बताउँदै भने, “उहाँहरु सरकारसँग सम्झौता गरेर मूलधारको राजनीतिमा आउनुभएको छ । कार्यकर्तामाझ सबै कुरा पुगिनसकेकाले केही गतिविधि गरेका हुन्, अब प्रशिक्षित हुन्छन् र त्याग्छन् ।” स्वतन्त्र मधेश गठबन्धनसँग जनमतसङ्ग्रह नभई जनअभिमत भन्ने सम्झौता भएको उनले स्पष्ट पारे ।


राष्ट्रको शान्ति र सुरक्षामा प्राकृतिक प्रकोप पनि चुनौतीको रुपमा आएकाले त्यसबाट हुने क्षति र असुरक्षालाई बढीभन्दा बढी न्यूनीकरण गर्न सरकारले बढी भूमिका खेल्ने उनको भनाइ थियो ।

सुरक्षा गोष्ठीमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी, गृहसचिव प्रेमकुमार राई, प्रदेश ५ का प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सरकारका सुरक्षा सल्लाहकारलगायत उच्च अधिकारीको सहभागिता थियो । गोष्ठीले प्रदेशस्तरीय सुरक्षा रणनीति बनाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार