Bal-Umang

Bal-Umang

प्रधानमन्त्रीले राजपालार्इ टार्गेट गरी भने, ‘सरकार र अदालत फरक हो’

काठमाडौं । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले राजपालाई लाक्षित गरी सरकार र अदालत फरक भएको बताएका छन्। डा.सिके राउतसँग शुक्रबार राजनीतिक सहमति गर्ने क्रममा ओलीले राजपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता प्रति आपत्ति जनाउँदै उक्त कुरा बताएका हुन्।

उनले भने, ‘सरकारले अदाललाई आदेश दिन सक्दैन् । एउटा राजनीतिक पार्टीले तिलको दाना, मकैको दाना जाडेर समर्थन फिर्ता लिने निर्णय ग¥यो । अदालतको फैसला र सरकारको निर्णय बैग्लै कुरा हो ।’

जेलमा बसेका रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

मधेसकेन्द्रित दलप्रति आक्रामक ओलीले सिके राउत देखाएर तराईमा रोटी सेक्नेहरुको समय सकिएको बताए । यस्तै उनले विप्लवलाई कम्युनिष्ट पार्टीको नाम बन्द गरेर लुटेर समुह राख्न आग्रह गरे । उनले भने, ‘नेकपा भन्न पनि बेइज्जत भइसक्यो ।’ सरकारले शुक्रबार राउतसँग ११ बुँदे राजनीतिक सहमति गरेको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार