Bal-Umang

Bal-Umang

सहसंयोजक राईको निधनले पार्टीलाई अपुरणीय क्षति

काठमाडाैँ । समाजवादी युवा फोरमका १ नम्बर प्रदेश समितिका सहसंयोजक पुरण कुमार राईको दुर्घटनामा परी ज्यान गएपछि संघीय समाजवादी फोरम नेपालको १ नम्बर प्रदेशको तथर्द समितिसहित सिंगो पार्टी स्तम्भ भएको छ। उनका निधनले पार्टीलाई अपुरणीय क्षति भएको प्रदेश १ ले जारी गरेको प्रेस बक्तव्यमा उल्लेख गरिएको छ।

त्यस्तै शोक सभामा पार्टीका वरिष्ठ उपाध्यक्ष युवराज कार्की, वरिष्ठ नेता अशोक राई, प्रदेश न १ का पार्टी अध्यक्ष भुपेन्द्र नेङ्वान लगाएत पार्टिको उच्च नेतृत्वहरुकाे उपस्थिति थियो । आज पुरन को अन्त्यस्थि गरेको र दमक देखि इलाम सम्म शव यत्रा पनि गरिएकाे थियाे ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमक ४ स्थित कृष्णमन्दिर सडकखण्डमा मोटरसाईकल एकआपसमा जुध्दा उनको ज्यान गएको हो ।

४० वर्षीय राई धरानमा जारी किरात राई यायोक्खाको महाधिबेशनबाट घरतर्फ फर्कने क्रममा दुर्घटना परेका हुन्। सामाजिक क्षेत्रमा क्रियाशील युवा राई चुलाचुलीमा निर्माणाधीन यलम्बर शालिक निर्माण समितिका अध्यक्ष लगायतका जिम्मेवारी सम्हाल्दै आएका थिए ।

कृष्णमन्दिर चौकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्व आउँदै गरेको को ३ प ७७०० नम्बरको मोटरसाईकल एक आपसमा जुधेको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार