Bal-Umang

Bal-Umang

‘फोरमसँग भएको सहमतिअनुसार संविधान संशोधन हुन्छ’

विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय समाजवादी फोरम नेपालसँग भएको सहमतिअनुसार संविधान संशोधन गरिने बताएका छन्। उनले जनताको आवश्यकता अनुसार फोरमले उठाएको मुद्धामा संविधान संशोधन गर्नमा आफु तयार रहेको स्पष्ट पारे।

उनले संघीय समाजवादी फोरम नेपालसँग भएको सहमतिअनुसार संविधान संशोधन गरिने बताए। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहाले संविधान संशोधनको बाटो खुलेकोले सोही अनुसार गृहकार्य भइरहेको छ।

दाहालले सरकारमा फोरमलाई सहभागी गराउँदा गरिएको ३ बुँदे सहमतिका आधारमा संविधान संशोधन हुने जानकारीसमेत दिए। उनले भने, ‘उपेन्द्रजीहरूसँग भएका ३ बुँदे सहमतिका आधारमा संविधान संशोधन गरिन्छ।’

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार