Bal-Umang

Bal-Umang

किम जोङ उनले राखेको प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हनोई वार्ता असफल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ ।

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताए । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता पनि भएन ।

उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताए । तेस्रो शिखरवार्ताको कुनै योजना नबनाइएको उनले बताए।

ह्वाइट हाउसले तयार पारेको बुधवारको कार्यतालिकामा संयुक्त सहमति हस्ताक्षर समारोहू र दुई नेताबीच दिवाभोजनको कार्यक्रम राखेको थियो। तर नेताहरूबीच सहमति हुन नसक्दा दुवै कार्यक्रम स्थगित भए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार