Bal-Umang

Bal-Umang

गाेपाल खड्का अढार्इ कराेड धरौटीमा छुटे

काठमाडाैँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटी बुझाएर तारेखमा छुटेका छन्। करोडौँको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले खड्कालाई धरौटीमा छोड्ने ओदेश दिएको हो।

सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको आरोप लागेका
खड्काले २ करोड ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट धरौटीमा छुटेका हुन् । उनी नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टीमा छुटेको बताइएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशक खड्काविरुद्ध गत पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । श्रीमती शर्मिला खड्का र अनिता लामाका नाममा अकूत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप अख्तियारले लगाएको थियो ।

अख्तियारको अनुसन्धानमा खड्काले अवैध रुपमा आर्जन गरेको सम्पत्ति लामाको नाममा राखेको दाबी गरिएको छ । खड्काको १८ करोड ६६ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति जफत, त्यति नै जरिवानाको मागसहित आयोगले मुद्दा दर्ता गरेको थियो । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भराउन पनि माग गरेको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार