Bal-Umang

Bal-Umang

‘निराशा फैल्याउन स्वार्थी तत्वहरुले षड्यन्त्र गरिरहेका छन्’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा निराशा फैल्याउन स्वार्थी तत्वहरुले षड्यन्त्र गरिरहेकाे बताएका छन्। उनले देशलार्इ अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्न सबैलाई आह्वान गरेका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरुले षड्यन्त्र गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

‘जनअपेक्षा अनुसार सरकारले काम गर्न थालेपछि एउटा तत्व आत्तिएर जनतालाई निराश बनाउने बाटोमा लागेको छ’, उनले भने, ‘मुलुकलाई अन्धकारमा राखिरहन चाहने सो तत्वविरुद्ध एक भएर लड्ने बेला आएको छ।’

नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको उनको दाबी छ ।

उनले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै त्यस्ता गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार