Bal-Umang

Bal-Umang

धरौटी बुझाएर रिहा भए सिक्टा सिंचाई आयोजनाका तत्कालीन प्रमुख

काठमाडाैँ । धरौटी बुझाएर सिक्टा सिंचाई आयोजनाका तत्कालीन प्रमुख रिहा भएका छन्। आयोजनाका तत्कालीन प्रमुख दीलिपकुमार कार्की १ करोड १० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

विशेष अदालतमा सोमबार भएको थुनछेक बहसपछि कार्कीसँग धरौटी माग गरिएको थियो । कार्कीले बंगलादेश बैंकको धरौटी बराबर ग्यारेन्टी बुझाएर रिहा भएको उप–रजिष्ट्रार पुष्प पाण्डेले बताए। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले कार्कीसँग धरौटी माग गरेको थियो ।उनी विरुद्ध आयोजना कमसल बनाएर भ्रष्टाचार गरेको दाबी सहित १ अर्ब ५६ करोड भन्दा बढी मागदाबी सहित २१ मंसिर २०७५ मा मुद्दा दर्ता भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार भएको ठहर गर्दै ठेकेदार विक्रम पाण्डेसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।बाँके जिल्लामा निर्माण भइरहेको राष्ट्रिय गौरव आयोजना सिक्टाको मूलनहर भत्किएपछि निर्माण गर्ने पाण्डेको कालिका कन्स्ट्रक्सन आरोपी बनेको थियो ।

आयोगले मूल नहरको डिजाइनमा नै कैफियत भेटिएको तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको आरोपसहित सरकारी अधिकारी र निर्माण ब्यवसायीलाई प्रतिवादी बनाएको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार