Bal-Umang

Bal-Umang

माधव नेपालले लगाए ओलीमाथि यस्तो गम्भीर आरोप

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का वरिष्ठ नेता माधव नेपालले केपी केपी ओली नेतृत्वको सरकारमाथि जनतालाई प्रत्यक्ष फाइदा पुग्ने काम नगरेको आरोप लगाएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै ओली नेतृत्वको मन्त्रिमण्डलको चर्को आलोचना गरेका छन्।

आइतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ उनले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता रहेको समेत औंल्याए।

त्यस्तै वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार