Bal-Umang

Bal-Umang

मलेसिया ५२ कम्पनीसहित ७७ कम्पनी कालो सूचिमा

काठमाडौं । पछिल्लाे समय वैदेशिक राेजगारमा गएका नेपाली कामदारले दुःख दिएकाे कम्पनी लार्इ सरकारले कालाे सूचीमा राखेकाे हाे। सरकारकाले निर्देशनमा वैदेशिक रोजगार विभागले अावश्वक छानवीन गरी मलेसियाको ५२ वटा कम्पनीसहित ७७ कम्पनीलाई कालो सूचिमा राखेको सूचना सार्वजनिक गरेकाे छ।

त्यस्तै कामदारलाई सम्झौताअनुसार सेवा सुविधा नदिएको भन्दै उजुरी र म्यानपावर व्यवसायीको आग्रहमा सो कम्पनीलाई कालोसू्चीमा राखेको बताइएकाे छ । कालूसूचीमा परेका कम्पनीलाई कामदार पठाउन समेत रोक लगाइएको छ । विभागले मलेसियाका ५२, यूएईका ६, साउदी अरबका ५ र कतारका ४ गरी ६७ वटा कम्पनीलाई कालोसूचिमा राखेको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार