Bal-Umang

Bal-Umang

कम्युनिष्ट सरकार फालेर राजतन्त्र ल्याउने खेल सुरु : केसी

बुटवल । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट सरकार फालेर राजतन्त्र ल्याउने खेल सुरु भएको खुलासा गरेका छन्। उनले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकारलाई नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको दाबी गरेका हुन् ।

बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा केसीले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरकंशता ल्याउने प्रपञ्च भएको बताए ।

अध्यक्ष केसीले संघीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको बताए । उनले गणतन्त्रमाथि कालो बाँदल मडारिएको बताए । राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उनले नीतिगत भ्रष्टाचार अहिले झन् बढेको बताए ।

मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै अध्यक्ष केसीले संघ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार