Bal-Umang

Bal-Umang

राष्ट्रपतिले गरिन् दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसद्को दुबै सदनको बैठकबाट पारित भई केही दिनअघि प्रमाणीकरणका लागि राष्टपति समक्ष पठाइएको थियो।

राष्ट्रपति भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन’ र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ आज प्रमाणीकरण गरेकी हुन् ।

विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले बताएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार