Bal-Umang

Bal-Umang

यस कारण दिए सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यले राजीनामा

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यले एकै पटक राजीनामा दिएका छन् । यहि २७ माघदेखि लागू हुने गरी अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासीले अलग–अलग राजीनामा दिएका हुन्।

सत्य निरुपण र बेपत्ता पारिएकाहरुको छानबिन आयोगको म्याद आगामी २६ गते सकिँदैछ । म्याद सकिनु तीन दिनअघि उनीहरुले राजीनामा दिएका हुन् ।

संक्रमणकालीन न्यायका लागि बनेका आयोगहरुको पटकपटक म्याद थपिँदै आएको छ । आवश्यक कानुन निर्माण नभएको अवस्थामा द्वन्द्वकालीन मुद्दामा न्याय दिन नसकिने भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारिएको तथा मानव अधिकारको गम्भीर उल्लंघनको छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन आयोग गठन भएको थियो । दुवै आयोग २०७१ माघमा गठन भएका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार