Bal-Umang

Bal-Umang

नेविसंघकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप, महामन्त्रीकाे फुट्याे टाउँकाे

काठमाडाैँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएको छ । दिउँसो माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ बानेश्वरमा गएर कोण सभामा परणत भएको थियो।

डा गोबिन्द केसीको जीवन रक्षा तथा संसदबाट पारित चिकित्सा शिक्षा बिधेयकको बिरोधमा नेविसंघले गरेको प्रदर्शनमा भने प्रहरीले हस्तक्षेप गदो केहि विद्यार्थी घाइते भएका छन् । नेविसंघ महामन्त्री कपिलेश्वर यादव र केन्द्रीय सदस्य कल्पना खड्का लगायत दर्जनौ विद्यार्थी घाइते भएका छन् ।

महामन्त्री यादवको टाउकोमा चोट लागि वानेश्वर स्थित निजि अस्पताल उनको एभरेष्ट नर्सङ होममा उपचार भै रहेको छ । कल्पना खड्काको खुट्टामा लागेको चोटको उपचारपछि घर फर्किएकी छन् भने अन्य घाइते विद्यार्थी नेताहरु पनि उपचारपश्चात घर फर्केका छन।

कांग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरिएको, कांग्रेसका पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताललाई विघटनको प्रक्रियामा लगेको भन्दै नेविसंघ सरकारविरूद्ध आन्दोलनमा उत्रिएको हो।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार