Bal-Umang

Bal-Umang

मधेशमा मनाइयो बलिदानी दिवस, उपप्रधानमन्त्री यादवले गरे सहिदको शालिकमा माल्यार्पण

 191 पटक हेरिएको

लहान – विगतमा भएको मधेश आन्दोलनमा सहदत प्राप्त गरेका ब्यक्तिहरुको सम्झनामा आज मधेशमा बलिदानी दिवस मनाइएको छ। दिवस मनाउने क्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।

प्रत्येक वर्ष माघ ५ गते मनाउँदै आएको बलिदानी दिवसको अवसरमा प्रदेश २ का मुख्यमन्त्री मो। लालबाबू राउत गद्दीले पनि मधेशको प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका हुन् ।

दोस्रो मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा वि।स। २०६३ साल माघ ५ गतेका दिन नै रमेश महतोलाई गोली हानी हत्या गरेपछि उनलाई मधेशको प्रथम शहिद घोषणा गरिएको हो । मधेशको प्रथम शहिदको रुपमा रहेको रमेश महतोको शालिक लहानको बीच चोकमै अवस्थित छ ।

मधेशीको बलिदानी दिवसको अवसरमा मधेशवादी दलका नेताहरुले रमेश महतो लगायत अन्य शहिदहरुको सम्झनामा मौन धारण गर्दै उनको परिवारलाई समेत मँचमा बोलाएर सम्मान गरेको हो । शहिदको सपना भने देशमा संघीयता आएर केही प्रतिशत साकार भएको नेताहरुले बताए । यता, मधेशी युवाहरुले भने शहिदको सपना साकार कहिले हुने भनेर प्रश्न अझै सार्वजनिक रुपमै गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार