Bal-Umang

Bal-Umang

नेपाली सेनाद्वारा किशोरीमाथि सामूहिक बलात्कारको प्रयास, जवानसहित तीन जना पक्राउ

सिरहा – सिरहामा एक किशाेरीमाथि नेपाली सेनाका जवानहरुले सामूहिक रूपमा बलात्कारको प्रयास गरेका छन्। मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ गोरखनाथ गण चोहर्वाका ३ जना जवानहरुले ती किशोरी उपर बलात्कारको प्रयास गरेका थिए।

मिर्चैया ६ मटियर्वा (पानी टँकी) नजिकै एकान्तको घरमा रहेकी किशोरीलाई नेपाली सेनाका ३ जना जवानले जबर्जस्ती करणी गर्न खोज्दा उनी चिच्याउँदै गुहार लगाएकी थिइन् । आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनाका जवानहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए। खाेज्दै जाँदा एक जनालाई स्थानीयहरू समातिए पनि दुईजना भने फरार भएका थिए । स्थानीयहरू नियन्त्रणमा लिएका जवानलाई केर कार गर्दै गरेको अवस्थामा घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले सेनाका जवानसहित ३ जना स्थानीयलाई समेत पक्राउ गरेका थिए ।श्रोतका अनुसार पक्राउ परेका नेपाली सेनाका जवान दिपेन्द्र शाही रहेका छन् तर  प्रहरीले  उनलार्इ छाडेकाे छ ।

स्थानीयहरुको कुटपिट बाट घाइते बनेका सेनाका जवानलाई रातिनै उपचारका लागि बाहिर पठाइएको छ । मिर्चैया प्रहरीले सोही घटनाको मुख्य दोषीलाई छाडेको र दाइसहित तीन स्थानीयलाई पक्राउ गरेपछि विवाद उत्पन्न भएको छ। निर्दोषलाई पक्राउ गरी रातभर यातना दिइएको बिरूद्धमा स्थानीयहरू पुर्व पश्चिम राजमार्ग बन्द गरी प्रदर्शनमा उत्रेका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार