Bal-Umang

Bal-Umang

देशभर ६ लाख सुरक्षाकर्मी परिचालन

एजेन्सी- बंगलादेशमा आइतबार हुने निर्वाचनका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी ६ लाख सुरक्षाकर्मी परिचालन भएका छन् । मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ ।

आम निर्वाचनका लागि देशभर झण्डै ४० हजार मतदान केन्द्रहरु तोकिएका छन् । सुरक्षाकर्मीहरुलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाँउ गाउँसम्म खटाइएको छ । मुसलिम समुदायको बाहुल्यता रहेको यस देशमा हुन लागेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बङ्लादेश नेसनल पार्टी बिएनपी बीच प्रतिश्पर्धा हुँदैछ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार