Bal-Umang

Bal-Umang

६.९ रेक्टरको शक्तिशाली भुकम्प गएपछि सुनामीको त्रास

फिलिपिन्स- फिलिपिन्समा ६.९ रेक्टरको शक्तिशाली भुकम्प गएपछि सुनामीको त्रास फैलिएको छ। स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे भूकम्प गएपछिलसुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर शक्तिशाली भुकम्प गएको बताएको छ ।

भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएकोको छ । सीएनएनका अनुसार, अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । भूकम्पपछि कति क्षति भयो भन्ने चाहि विवरण आईनसकेको सीएनएनले जनाएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार