Bal-Umang

Bal-Umang

ह्याप्सले गर्यो तीस हजार नगदसहित शैक्षिक सामग्री वितरण

काठमाडौं– शान्ति सम्वृद्धि र दिगो विकासका लागि मानविय कार्य (ह्याप्स)ले ३० हजार ३ सय ३० नगद छात्रवृतिकोष स्थापना गर्नुका साथै ४५ हजार बराबरको छात्रवृति र शैक्षिक सामाग्री वितरण गरेको छ ।

गरिब जेहन्दार टुहुरा बालबालिकाको शैक्षिक विकासमा टेवा पु-याउने उदेश्यका साथ पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नं ५ गल्धाको श्री सरस्वती मा संस्थाले सो छात्रवृति र शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालयको ४४ औँ वार्षिकोत्सवको अवबसरमा ह्याप्सले शैक्षिक सामाग्री सहित ग्रामिण छात्रवृतिको निम्ती कोष खडा गरेको संस्थाका अध्यक्ष कुशल अर्यालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथी निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले आर्थीक अवस्था कम्जोर भएका विद्यार्थीहरुको लागि यो छात्रवृतिले ठुलो टेवा पु-याउने बताए । उनले युवाहरुको काधमा अबको जिम्मेवारी रहेको भन्दै युवाहरुले यस्तै खालको रचनात्मक कार्य गर्नु पर्ने कुरामा जोड दिँदै संस्थाले गरेको कार्यको उच्च प्रशंसा गरे।

त्यस्तै विशिष्ट अतिथी निस्दी गाउँपालिका वडा नं ५ का अध्यक्ष भिम बहादुर बयम्बुले संस्थाले वितरण गरेको छात्रवृतिले गरिब, विपन्न अपाङग विद्यार्थीको निम्ती सारथी भएको बताए । उनले सहयोग थोरै र धेरै नभएर सहयोगको भावना युवा पुस्तामा जाग्नु नै महत्वपुर्ण भएको धारणा ब्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा सोमैले ह्याप्सले छात्रवृतिको निम्ती आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा ह्याप्सका अध्यक्ष कुशल अर्यालले स्थापना गरेको छात्रवृतिकोषले आर्थिक अभावका कारण विद्यालय जानबाट कोही पनि बञ्चित हुन नपर्ने अवस्थाको विकासको लागि सहयोग कार्यक्रम ल्याएको जानकारी गराए । आफ्नो संस्थाले स्थापना गरेको कोषबाट बिध्यार्थीहरुको शिक्षाको निम्ती खर्च गरिने उनको भनाई थियो । अध्यक्ष अर्यालले यस्ता कोष जिल्लाका विभिन्न विद्यालयमा र नेपालका विभिन्न आवश्यक परेको स्थापनमा स्थापना गरिने समेत स्पष्ट पारे ।

ह्याप्सले स्थापना गरेको उक्त ग्रामिण छात्रवृतिकोषमा विभिन्न देशबाट सहयोगहरु प्राप्त भएको थियो । जसमा सिके पराजुली (अमेरिका), निर्मल अर्याल (फ्रान्स), मानव कालुङ्ग (काठमाडौँ),युवराज बयम्बु (जापान), त्यस्तै किशोर श्रेष्ठ, झविन्द्र भुषाल,रामशरण बोहरा, विष्णु शर्मा लम्साल,सविता ढकाल,महेन्द्रराज सिहं,गिता पन्थी, केबि गुरुङ्ग,तारा नेपाल, लगाएतले स्टेशनरी सहयोग गरेका थिए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार