Bal-Umang

Bal-Umang

पाँच वर्षीया बालिकामाथि सामुहिक बलात्कार

रूपन्देही –  रूपन्देहीमा पाँच वर्षीया बालिका सामुहिक बलात्कारको शिकार भएकी छन्। देवदहमा ती बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ समेत गरिसकेको छ।

देवदह नगरपालिकाको खैरेनीमा दलित समुदायकी ती बालिका शुक्रबार साँझ सामूहिक बलात्कारको शिकार भएकी ह्न्।

आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको समयमा बालिकालाई ललाई फकाइ घर नजिकैको टहरोमा लगेर बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

बालिका टहरो नजिकै रक्ताम्य अवस्थामा भेटिएकी थिइन् । पक्राउ परेकामध्ये दुई जना बलात्कारमा संलग्न भएको पुष्टि भएको र अन्यमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

पक्राउ पर्नेमा देवदह–६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्री छन् । उनीहरुले बालिका बलात्कार गरेको स्वीकारेका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय राजु परियार, बोधे विक र दिनेश विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकालाई थप उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार