Bal-Umang

Bal-Umang

नेकपाद्धारा नेकपामाथि नै सर्वोच्चमा रिट दायर, २४ गते पेशी तोकिएपछि ओली प्रचण्ड परे तनावमा!

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई निर्वाचन आयोगले बैधानिकतादिएको विरोधमा सर्वोच्चमा अदालतमा रिट दायर गरिएको छ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल नेतृत्वकोनेकपाले सर्वोच्च मा रिट निवेदन दायर गरेको हो।

अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा आज दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको उल्लेख छ ।

आयोगले गत असोज ९ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकतापछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई वैधानिकता दिएको थियो । सो निवदेनमाथि यही मङ्सिर २४ गते पेशी तोकिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार