Bal-Umang

Bal-Umang

सर्वोच्चले पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई दियो सफाइ

काठमाडौँ – भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।

न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले उनलाई सफाइ दिएको हो। पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने आदेशमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको ठहर नभएको उल्लेख गरिएको छ।

विशेष अदालतले अवैध सम्पत्ति कमाएको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी रु ५३ लाख ६२ हजार बराबर असुल फैसला सुनाएको थियो ।

२०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । न्यायाधीशहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर राणाको इजलाशले २०६४ जेठ १३ गते उनलाई सफाइ दिएको थियो ।
सो विरुद्ध सरकारले पुनरावेदन गरेको थियो । मुद्दा पुनः विशेष अदालत फर्किएको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की र न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले २०६८ चैतमा दोषी ठहर हुने फैसला सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चले सफाइ दिएको हो ।
बोहराको सम्पत्तिमध्ये २ करोड ३८ लाख रुपैयाँ अवैध देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार