Bal-Umang

Bal-Umang

नेपाली गीतमा सेक्सी अभिनेत्री सन्नीको यस्तो हट डान्स

काठमाडौं – पछिल्लो समय बलिउडकीमा तहल्का मचाउन सफल भएकी हट एण्ड सेक्सी अभिनेत्री सन्नी लियोनीले कलिउडमा पनि छलाङ्ग मारेकी छन्। नेपाली चलचित्रमा हट रुपमा उनी प्रस्तुत भएकी छिन्।

लन्डनमा छायाँकन गरिएको चलचित्र ‘पासवर्ड’मा उनले नेपाली गीतमा कम्बर मर्काउदै हट रुपमा प्रस्तुत भएकी हुन्। पोर्न स्टारलेसमेत परिचित सन्नीले आइट नृत्य गरेर नेपाली चलचित्रमा डेब्यु गरेकी छन् ।

सन्नीले नेपाली गीत ‘सन्नी हो नाम मेरो‘’ आइटम गरेकी हुन् । उनलाई गीतमा कोरियोग्राफर विष्णु देभाले कोरियोग्राफी गरेका थिए । विष्णु देभाले बलिउडमा सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका चलचित्रमा समेत नृत्य निर्देशन गरिसकेका छन् । सन्नीले नाचेको गीतको संगीत अर्जुन पोखरेलले गरेका हुन् ।

सन्नी गीतको लागि ७ जनाको टिम सहित लण्डन पुगेकी थिइन् । गीतमा सन्नीलाई २ सय बढि डान्सरले साथ दिएका छन् । जसका लागि नेपाल र भारतका डान्सर समेत प्रयोग गरिएको छ । सन्नीले नेपाली चलचित्रमा आइट गरेको यो पहिलो हो । उनको आइटका केही तस्बिर समेत अहिले बाहिर आएका छन् । सन्नीको गीतका लागि मात्र निर्माण युनिटले ५ करोर्ड खर्च गरेको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार