Bal-Umang

Bal-Umang

उपप्रधानमन्त्री उपेन्द्र यादवले गरे राजविराज हस्पिटलमा ४ कराेडको लागतमा नरसिङ्ग कलेज खाेल्ने घाेषणा!

काठमाडाैँ ।  उप प्रधान तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवले राजविराजमा ४ कराेडको लागतमा नरसिङ्ग कलेज खाेल्ने घाेषणा घाेषणा गरेका छन्।

मन्त्री यादवले राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नरसिङ्ग कलेज घाेषणा गरेका हुन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले बुधवार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत उक्त कलेज खाेल्ने घाेषणा गरेका हुन्।

कलेज स्थापनाका लागि यस वर्ष ४ करौड बजेट विनियोजन गरिएको मन्त्री यादवले सन्डेखबरलार्इ जानकारी दिए।कार्तिक मसान्त भित्रै उक्त कार्यक्रम अन्तर्गत योजना छनौट गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि उप प्रधान मन्त्री यादवको कार्यव्यवस्तताका कारण योजना छनौटमा केहि साता ढिलाई भएको हो ।

योजना छनौट सम्बन्धी बैठकका लागि यादव बुधवार दिउँसो राजविराज आईपुगेका थिए । सप्तरी निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत उक्त कार्यक्रमका लागि यादवको संयोजकत्वमा १६ सदस्यीय समिति रहेकोमा बुधवारको बैठकमा दुई जना सदस्यहरु भने अनुपस्थित रहेको समितिका सदस्य समेत रहेका प्रदेश–२ का भुमि व्यवस्था कृषि एवम् सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराए ।

सदस्यहरु उपमा देव र डा. मनोजकुमार सिंह भने बैठकमा अनुपस्थित रहेका थिए । फोरम नेपालवाटै प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचित उपमा देव प्रदेश–२ का उप सभामुख हुन भने डा. सिंह नेकपाका तर्फवाट प्रदेश–२का प्रदेश सभा सदस्य हुन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार