Bal-Umang

Bal-Umang

काठमाडौंमै एक करोड लगानीमा नक्कली स्याम्पु र मसला उत्पादन, श्रीमान् श्रीमती पक्राउ

काठमाडौं — काठमाडौंमै एक करोड लगानीमा नक्कली स्याम्पु र मसला उत्पादन गर्ने सञ्चालककाे रुपमा रहेका श्रीमान् श्रीमती पक्राउ परेका छन्। बहुराष्ट्रिय कम्पनीको उत्पादन ‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसलाको नक्कली उत्पादन गरेकाे अाराेपमा प्रहरीले उनीहरुलारंइ पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा चन्द्रागिरी–१५ नैकापका वासुप्रसाद बिडारी र ज्योति बिडारी छन् । उनीहरूका दुई कामदार पनि पक्राउ परेका छन् ।

उनीहरूले आफ्नै घरको भुइँतला र कम्पाउन्डमा अत्याधुनिक कारखाना खोलेर नक्कली स्याम्पु र मसला उत्पादन गर्दै आएका थिए । ज्योति सोप एन्ड केमिकल्सको नाममा कम्पनी दर्ता गरेर उनीहरूले डेढ वर्षदेखि कारखाना चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कम्पनी ज्योति बिडारीको नाममा दर्ता छ । प्रहरीका अनुसार उनीहरूले नक्कली स्याम्पु तथा मसला उत्पादनका लागि मात्रै एक करोड रुपैयाँभन्दा धेरै खर्च गरेर कारखाना खोलेका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार