Bal-Umang

Bal-Umang

सुदूरपश्चिमकाे प्रदेश सरकारमा अायाे यस्ताे भूकम्प, कसैलार्इ बर्खास्त, कसैलार्इ नियुक्ति

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलार्इ बर्खास्त गरे लगत्तै नयाँ मन्त्री नियुक्त गरिएकाे छ। प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सांसद कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन्।

मंगलबार नै प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । आजै भट्टले पदीय मर्यादा उलंघन गरेको भन्दै सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहेका सोडारीलाई बर्खास्त गरेका थिए ।

सोडारीलाई बर्खास्त गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले पदीय मर्यादा विपरित गतिविधि गरेको कारण बखास्त गर्नु परेको जानकारी दिए । पार्टीको निर्देशन अनुसार नै उनी बर्खास्तीमा परेको प्रदेश सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार