Bal-Umang

Bal-Umang

प्रदेश नम्बर २ काे सरकारले केन्द्र सरकारलार्इ दनक दिदैँ प्रहरी एेन ल्याएपछि पायाे यस्ताे महत्वपूर्ण अधिकार

काठमाडाैँ । प्रदेश नम्बर २ काे सरकारले केन्द्र सरकारलार्इ दनक दिदैँ संवैधानिक ब्यवस्था अनुसार प्रदेश प्रहरी एेन ल्याएपछि अन्तत फेरि अर्काे महत्वपूर्ण अधिकार पाएकाे छ। संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले  प्रदेश सरकारलाई तल्लो तहका प्रहरी सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले ‘प्रदेश प्रहरी’, प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी कार्यकारी आदेशमार्फत यस्तो अधिकार दिएको हो ।

केन्द्रीय प्रहरीको ऐन तथा नियमावलीमा रहेको सरुवा मापदण्डअनुसार प्रदेशभित्र प्रहरी नायब निरीक्षक (सइ)सम्मको सरुवाको अधिकार प्रदेशलाई दिइएको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार