Bal-Umang

Bal-Umang

सब-इन्सपेक्टरकाे यस्ताे हर्कतका कारण भारतमा नेपाल प्रहरीकै गाडीमाथि सुरु भयाे जाँच !

काठमाडौं — नेपाल प्रहरीकै एक सब-इन्सपेक्टरकाे गैरकानुनी हर्कतका कारण नेपाल प्रहरीलार्इ भारतमा सुरक्षा जाँचकाे सामना गर्नु परेकाे छ। नेपाल प्रहरीकै गाडीमाथि भारतीय प्रहरीले निगरानी बढाउँदै सुरक्षा जाँच गरिरहेका छन्।

गत अप्रिलमा धनगढीमा फुटबल खेल्न आएका आइभोरीकोस्टका एरोना नामका व्यक्तिलाई आफ्नो देशको प्रवेशाज्ञा नभएको अरोपमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गौरीफन्टाबाट पक्राउ गरेपछि ती सब-इन्सपेक्टरले गरेकाे गैरकानुनी हर्कतकाे खुलासा भएकाे हाे।

एसबएसबीले सीसीटीभी फुटेज केलाउँदा ती व्यक्तिलाई नेपाल प्रहरीकै एक नायब निरीक्षककले मोटरसाईकलमा धनगडी सीमा पार गराएको दाबी गर्दै आएको छ ।

धनगढीस्थित एक प्रहरी अधिकारीका अनुसार एसएसबीका अधिकृतले दुइपक्षीय बैठकमै यो कुरा उठाएको थिए तर, नेपाली अधिकारीले भने त्यस घटनाबारे अनिभिज्ञता जनाएका थिए ।

उक्त घटनापछि एसएसबीले केही महिना नेपाल प्रहरीका गाडीसमेत चेकजाँच गरेर मात्रै आवतजावत गर्न दिने नियम बनाएको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार