Bal-Umang

Bal-Umang

नेकपामा यी दुर्इ नेताले दिए नयाँ धारकाे जन्म, अाेलीलार्इ भयाे यस्ताे तनाव!

काठमाडौं — तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुर्इ सचिवालय सदस्य तथा वरिष्ठ नेताहरुले नयाँ धारकाे जन्म दिने गरी पछिल्लाे गतिविधि गरेका छन्। उनीहरुले तल्लाे तहमा एकीकरण प्रक्रिया नटुंगिँदै नयाँ धारको जन्म जन्म दिने गरी पछिल्लाे गतिविधि गरेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री अाेलीलार्इ तनाव भएकाे स्राेतले बताएकाे छ। पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको हो।

सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने पार्टीका दुई नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको हो।

पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेका हुन्। पछिल्लोपटक सचिवालय बैठक कात्तिक ५ गते बसेको थियो।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार