Bal-Umang

Bal-Umang

प्रदेश नं २ काे सरकारले बनाउँने कानुनमा यी वर्गलार्इ उच्च प्राथमिकता, मधेशमा खुसयाली मनाइँदै

काठमाडाैँ । प्रदेश सरकारले बनाउने हरेक कानून दलितमैत्री हुने गरी निर्माण हुने भएकाे छ। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले बनाउने हरेक कानून दलितमैत्री हुने घाेषणा गरेका छन्।

सिरहाको कर्जन्हा नगरपालिका ११ मा आज आयोजित दलित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्यको हरेक निकायमा दलित समुदायको सम्मानजनक प्रतिनिधित्वका लागि प्रदेश सरकारले बनाउने हरेक ऐन र कानुन दलितमैत्री हुने बताए। दलित समुदायले अधिकार नपाएसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएकोले दलितको अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ ।

मुलुकको परिवर्तनमा दलितको भमिका महत्वपुर्ण रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले भने “हरेक परिवर्तनमा दलित समुदायको भुमिका छ, तर अझै ति समुदायले अधिकार प्राप्त गर्न सकेको छैन ।”समाजमा रहेका छुवाछुत, भेदभाव र सामाजिक अपराध शिक्षाले मात्र सुधार हुने भएकोले प्रदेश सरकारले ‘‘बेटी पढाउ, बेटी बचाउ” कार्यक्रम संचालन गरेको बताउँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले दलित सशक्तिकरण ऐन प्रदेश सभामा पेश गर्ने तयारीमा रहेको जानकारी दिए।

सो अवसरमा दलित समुदायका जनप्रतिनिधिको भेलाबाट तयार पारिएको विभिन्न १० बुँदे घोषणापत्र मुख्यमन्त्री राउतलाई बुझाइएको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार