Bal-Umang

Bal-Umang

विश्व बैंकले नेपालको लगानी र आर्थिक वृद्धिको अनुपात लिएर सार्वजनिक गर्‍याे यस्ताे प्रतिवेदन, अर्थमन्त्री खतिवडा परे ट्वा !

काठमाडौं–  विश्व बैंकले नेपालको लगानी र आर्थिक वृद्दिको अनुपातलार्इ विश्लेषण गरी विकास सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनमा नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक नरहेको उल्लेख रहेकाे छ ।

बिहिबार प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै विश्व बैकका नेपाल निर्देशक चिमाओ फ्यानले स्थिर सरकार भएपनि सोचेअनुसारको लगानी मैत्री वातावरण बन्न नसकेको बताएका हुन् ।

उनले राजनीतिक अस्थिरता समाप्त पारी पूर्वाधार निर्माण गर्दै नीजि क्षेत्रसँग साझेदारी गर्नका लागि नीतिगत सुधारमा ध्यान दिन सुझाव दिए ।

तर प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ६० प्रतिशत भन्दा बढी लगानी नीजि क्षेत्रबाट भएकाले सरकार नीजि क्षेत्रसँग हातेमालो गर्न सधै तयार रहेको स्पष्ट पारे । नीजि क्षेत्रलाई आकर्षित गर्नका लागि नीतिगत सुधार गर्नुको साथै व्यवसायिक वातावरण बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

विकास र लगानीका विषयमा प्रतिवेदनमा उल्लेखित तथ्याङ्क केही तल–माथि देखिए पनि श्रमिकको उत्तरदायित्वको साथै बजार नियन्त्रण लगायतका विषय सरकारले नै हेर्नुपर्ने भएकाले केही समय लागेको तर्क गरे ।

प्रतिवेदनमा विश्व व्यापार गर्न सहज १९० देशहरुको सूचीमा नेपाल १ सय ५ औं स्थानमा परेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार