Bal-Umang

Bal-Umang

भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले यस्ताे के बाेले जसले मन्त्री पद खाेसियाे!

काठमाडाैं – मुख सम्हाल्न नसकेपछि प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितकाे मन्त्री पद खाेसिएकाे छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बुधबार मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षका कारण
नेता स्थापितकाे मन्त्री पदबाट हटाइएकाे छ। मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका हुन्।

पार्टीका उच्च नेतृत्वसँगको छलफलपछि पौडेलले सो निर्णय लिएका हुन् । मन्त्री स्थापितको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।

बैठकमा मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको काम सुस्त भएको बताएपछि स्थापितले प्रतिवाद गरेका थिए । आफूमाथि मन्त्री स्थापितले गालीगलौज गरेपछि मुख्यमन्त्री पौडेल उनलाई हटाउने लबिङ गर्न काठमाडौं अाएका हुन् ।

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्थापितले बुधबार बैठकको अन्तिमतिर मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको स्राेतले जनाएकाे जनाए।

स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।यो सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार