Bal-Umang

Bal-Umang

ओलीलाई चक्मा दिँदै मुख्यमन्त्री राउतले गरे अर्काे ठूलो निर्णय, मधेसभर खुसियाली

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले अर्काे महत्वपूर्ण निर्णय गरेका छन्। आफ्ना कार्यकर्ता भर्ती गर्ने परिपाटीलाई तोड्दै मुख्यमन्त्री राउतले प्रदेश २ को सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थलाई नियुक्त गरेका छन्।

केन्द्रको केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै सल्लाहकारहरु आफ्नो पार्टीको कार्यकर्ता नियुक्त गरेका बेला राउतले भने धेरै सल्लाहकार आफ्नो पार्टी बाहिरका बुद्धिजिवीलाई नियुक्त गरेका छन्। राउतले यसअघि स्वतन्त्र कानुन व्यवसायी एवं मानव अधिकारवादी अभियन्तालाई प्रमुख न्यायाधिक्ता नियुक्त गरेका थिए। अहिले एआईजीलाई सुरक्षा सल्लाकार नियुक्त गरेर उनले नयाँ परिपाटीको सुरुवात गरेका छन्। सल्लाहकार पनि उनले पार्टीबाहिरका सो क्षेत्रमा विज्ञ व्यक्तिलाई राखेर उदाहरणीय सुरुवात गरेका हुन्। यो निर्णयले केन्द्र सरकार पनि चकित परेको छ।

मुख्यमन्त्री राउतले विहीबार कायस्थलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेका हुन्। विहीबार नै कायस्थले पत्र बुझेका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ को सुरक्षाबारे कायस्थ जानकार रहेकोले उनलाई सल्लाहकारमा नियुक्त गरिएको बताए।

आफूलाई सुरक्षा सल्लाहकार नियुक्त गरेकोमा खुशी व्यक्ति गर्दै कायस्थले आफूलाई दिइएको जिम्मेवारी पुरा गर्ने बताए। उनले प्रदेश सरकारलाई सफल बनाउने पनि स्पष्ट पारे। सुरक्षाको हिसाबले प्रदेश २ लाई संवेदनशिल प्रदेशको रुपमा लिइएको छ। राजनीतिक असन्तुष्ट समूहदेखि अपराधिक गतिविधि पनि प्रदेश दुईमा उल्लेखीय संख्यामा हुने गरेको देखिएको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार