Bal-Umang

Bal-Umang

मुख्यमन्त्री र मन्त्रीबीच चर्काचर्की, मन्त्री स्थापितलार्इ हटाउन मुख्यमन्त्रीले लिए यस्ताे एक्सन!

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग भौतिक पुर्वाधारमन्त्री केशव स्थापित मुखैमुख लागेका छन् । मुख्यमन्त्री पौडेललाई मन्त्रिपरिषद् बैठकमै मन्त्री स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षमा पुगेको छ ।

बैठकमा भनाभन भएपछि स्थापितलाई हटाउने निचोडमा मुख्यमन्त्री पुगेको उनको सचिवालयले जनाएको छ । बैठकमा मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको काम सुस्त भएको बताएपछि स्थापितले प्रतिवाद गरेका थिए । आफूमाथि मन्त्री स्थापितले गालीगलौज गरेपछि मुख्यमन्त्री पौडेल उनलाई हटाउने लबिङ गर्न काठमाडौं अाएका छन् ।स्थापितले आफुमाथि गरेको व्यवहारबारे नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं गएका हुन् ।

बैठक सकिनै लाग्दा स्थापित एक्कासि आक्रोशित भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । ‘बैठक सकिनै लागेको थियो, भौतिक मन्त्रालयको कुनै एजेन्डा पनि थिएन’, उनले भने, ‘मेरो एउटा कुरा छ भन्दै मन्त्री स्थापितले आफ्ना असन्तुष्टि राख्नुभयो, कुरा राख्दै जाँदा गालीगलौजमा समेत उत्रिएपछि बैठकको माहोल बिग्रियो ।’

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्थापितले बुधबार बैठकको अन्तिमतिर मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको स्राेतले जनाएकाे जनाए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार