Bal-Umang

Bal-Umang

नेपाल पछि पोर्न वेवसार्इटलार्इ लिएर भारतले गर्‍याे यस्ताे घाेषणा निर्णय

काठमाडाैं – नेपाल पछि भारतले पनि पोर्न वेवसार्इटलार्इ बन्द गर्ने घाेषणा गरेकाे छ। नेपाल सरकारले अश्लील सामग्री देखाउने वेबसाइटमा प्रतिबन्ध लगाएपछि छिमेकी मुलुक भारतले पनि ८२७ वटा वेबसाइटमा प्रतिबन्ध लगाएको भारतीय संचार माध्यमले जनाएका छन्।

पोर्न हेर्ने मानिस र नेट न्युट्रालिटीको पैरवीकर्ताहरूले यो प्रतिबन्धको विरोध गरिरहेका छन् । विशेष गरी वार्षिक सदस्यता लिएका वेबसाइटहरूले यसको विरोध गरेका हुन् ।

तर पोर्न साइट दिग्गजहरूले आफ्ना ग्राहकका लागि केही व्यवस्था मिलाएका छन् । पोर्नहब जस्ता ठूला वेबसाइटले अमेरिका र बेलायतपछिको तेस्रो ठूलो बजार भारतका लागि मिरर साइट बनाएको छ । यसैगरी एक वेबसाइटले प्रयोगकर्ताहरूलाई मोबाइल एप डाउनलोड गर्ने सल्लाह दिएको छ ।

पोर्नका पारखीहरू चाहिँ चाइल्ड पोर्न, रेप पोर्न र बीडीएसएम जस्ता सामग्रीविरुद्ध कार्वाही चलाउनुपर्ने बताउँछन् । राम्रो पोर्न कन्टेन्ट भएका वेबसाइटलाई चाहिँ चलाउन नहुने उनीहरूको भनाइ छ ।

प्रतिबन्धका समर्थकहरू भने पोर्न र महिलाविरुद्धको अपराधको प्रत्यक्ष साइनो देखिएकाले यो कदम सही भएको बताउँछन् ।

भारतको सर्वोच्च अदालतका एक वरिष्ठ वकिल ए सिराजुद्दीनले अनेकौं अध्ययनबाट पोर्नको लतले महिलाविरुद्ध यौन हिंसा गर्न उक्साउने देखिएको बताए । यो कदम सरकारले जनताको हितमा लिएको उनको भनाइ छ ।

उनले पनि नेट न्युट्रालिटी कानूनलाई स्वीकार गर्दै पूर्ण तटस्थता र अहस्तक्षेप सम्भव नभएको उनी बताउँछन् । सरकारले कुनै कुरामा चिन्ता प्रकट गरेमा त्यसमाथि उचित प्रतिबन्ध लगाउन सक्ने उनको भनाइ छ । एजेन्सी

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार