Bal-Umang

Bal-Umang

अस्ट्रेलियाको बिग बासमा बलर सन्दीप, पारिश्रमिक कम्तीमा ७० लाख

काठमाडौं- क्रिकेट क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेका नेपालका युवा बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो  ।१८ बर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् ।

सन्दीपले बिग बासमा पाउन लागेको पारिश्रमिक अहिलेसम्मकै बढी हो । फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग (आईपीएल) र बिग बास सबैभन्दा ठूला प्रतियोगिता हुन् ।

सन्दीपले बिग बासमा खेल्नु आफ्नो सपना रहेको बताउँदै आएका थिए । विश्वकप विजयी अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले साढे दुई वर्षअघि बोलाएर सन्दीपलाई सिड्नीमा बेस्ट सबर्सबाट ग्रेड क्रिकेट खेल्ने मौका दिएका थिए ।

सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार