Bal-Umang

Bal-Umang

मधेशको विकासलार्इ लिएर मन्त्री महासेठले गरे यस्ताे घाेषणा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले मधेशको विकासले मात्र मुलुकको विकास सम्भव रहेको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले मधेशको विकासका लागि सरकारले थुप्रै बजेट ल्याएको बताए।

उनले भने,’ मधेशको विकास नभएसम्म समग्र देशको विकास कुनै पनि हालतमा हुने छैन्।’

मन्त्री महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकलाई मुख्य सडकसम्म जोड्ने र गाउँ गाउँलाई सदरमुकामसँग जोड्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी चार वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार