Bal-Umang

Bal-Umang

‘मी टु’ अभियानले सनसनी मचाएपछि शारीरिक सम्पर्कअघि महिलाको मञ्जुरी लिन सुझाव

काठमाडौं : अमेरिका लगायत भारतमा समेत महिला हिंसाविरुद्धको ह्यास ट्याग ‘मी टु’ अभियान चलिरहेका बेला बलिउडमा मच्चाएकाे सनसनीले अन्य पीडितहरु पनि विगतमा अाफुसँग भएकाे याैन दुर्व्यवहारबारे खुलेर बाेल्न थालेका छन्। साेही कुरालार्इ मध्येनजर गरी न्युजिल्यान्डको क्रिकेट खेलाडी संघ (एनजेडसीपीए) ले आफ्ना खेलाडीलाई शारीरिक सम्पर्क राख्नुअघि सम्बन्धित महिलाको मञ्जुरी लिन सुझाएको छ।

एनजेडसीपीएले आफ्ना सदस्यहरू भविष्यमा कुनै पनि समस्यामा नपरून् भन्ने उद्देश्यले यसअघिदेखि नै प्रकाशन हुँदै आएको हाते पुस्तकसमेत परिमार्जन गरेकाे छ।

ह्यास ट्याग ‘मी टू’ मार्फत धेरै वर्षअघिका घटनासमेत सार्वजनिक हुँदै आएको छ। सोही घटनाको बढ्दो क्रमसँगै एनजेडसीपीएले आफ्ना खेलाडीहरू भविष्यमा यस्ता समस्यामा नपरून् भन्ने उद्देश्यले हाते पुस्तक नै परिमार्जन गरिएको जनाएको छ। ‘आफ्नो जीवनको हरेक विषयमा सही निर्णय लिनु महत्वपूर्ण हुन्छ। अझ शारीरिक सम्पर्कको सम्बन्धमा त सही निर्णय लिनु अति नै आवश्यक छ। खासगरी महिला साथीसँग मञ्जुरी लिनु जरुरी छ’, हाते पुस्तकमा थपिएको बुँदामा भनिएको छ, ‘अवस्था जस्तोसुकै होस्, शारीरिक सम्बन्ध राख्नुअघि स्वीकृति लिनै पर्छ।’

एनजेडसीपीएले हाते पुस्तकमा ‘गुड डिसिजन मेकिङ’ शीर्षक थपी त्यसमा आफूले हरेक समय सही निर्णय कसरी लिने भन्ने प्रसंगसहित शारीरिक सम्पर्क गर्नुअघि महिला साथीसँग मञ्जुरी लिनु पर्छ भनी उल्लेख गरिएकाे छ।

यदि महिला सहकर्मीले प्रस्ताव अस्वीकार गरे उनीहरूको निर्णयलाई सम्मान गर्न पनि एनजेडसीपीएले आफ्ना खेलाडीलाई सुझाव दिएको छ। ‘हाम्रो कानुनले पनि शारीरिक सम्बन्ध राख्नुअघि स्वीकृति लिनुपर्छ भनेको छ। त्यस क्रममा यदि उनीहरूले हुन्न (नो) भनेको अवस्थामा त्यसको अर्थ हुन्न भन्ने नै हुन्छ। यस्तो अवस्थामा उनीहरूको निर्णयको सम्मान गर्नु आवश्यक छ।

’ह्यास ट्याग ‘मी टू’ अभियान सुरु भएपछि विभिन्न समयमा शारीरिक शोषण वा दुव्र्यवहारमा परेका महिलाले त्यस्ता घटना सार्वजनिक गर्न थालेपछि त्यसमा संलग्न पुरुषहरू समस्यामा पर्दै आएका छन्। (एजेन्सी)

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार