Bal-Umang

Bal-Umang

राजपा नेता मनिष सुमनले प्रधानमन्त्री अाेलीमाथि लगाए यस्ताे गम्भीर अाराेप!

काठमाडौं : राष्ट्रिय जनता पार्टीका महामन्त्री एवम् प्रदेश नम्बर २ का सांसद मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम नगरेको आरोप लगाएका छन्। सरकारप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका नेता सुमनले सरकारले अहिलेसम्म आफूहरुले उठाएका केही पनि काम नगरेको आरोप लगाए ।

ओली नेतृत्वको सरकारलाई समर्थन दिएपछि दिन गनि गनि बसेको सुनाउँदै आइतबार काठमाडाैँमा अायाेजित एक कार्यक्रमामा नेता सुमनले भने,‘ओली सरकारले केही पनि गर्न सकेन् । अन्ततः गएर हामी आँफै गएर हिजो प्रदेश नम्बर २ ले बहुमतका साथ प्रहरी सेवा ऐन पारित गरेका छौं । केन्द्रले त्यो चाहँदै चाहँदैन थियो । हिजो म पनि आँफै पनि संसदमा उपस्थित भएर प्रहरी सेवा ऐन तीन महिनाको छलफल गर्दा, नेकपाले त्यसको विरोध गर्दा गर्दैपनि हामीले पारित गरेका छौं । अब देशले जे गर्छ , नेपालको त्यही संविधानलाई क्रियाशिल गर्न हामी रहन्छौं ।  हामी प्रदेश नम्बर २ तत्काल चलाउने पक्षमा छौं । प्रहरी सेवा ऐन अनुसार हामी अब केही दिनमै आवेदन गर्ने तयारीमा छौं । अब ९ सय प्रहरी प्रदेश नम्बर २ मा भर्ना हुन गैरहेको छ । केही दिनमै हामीले नेपालको संविधानको धारा २४४ अनुसार प्रदेश लोकसेवा आयोगको ऐन पनि ल्याउँदैछौं ।’

उक्त लोकसेवा आयोग ऐनमार्फत आफूहरुले प्रदेश नम्बर २ मा कर्मचारी भर्ना गर्ने उनले जनाए । उनले भने,‘अब प्रदेश सरकार अघि बढ्यो, केन्द्र सरकारले जे सोचे पनि हुन्छ । रहयो, समर्थनको कुरा । हामी सरकारलाइ दिएको समर्थन हठात फिर्ता लिन्छौं ।’

 

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार