Bal-Umang

Bal-Umang

लालबाबु राउतको बोल्ड निर्णयले बालुवाटारमा ओलीको कुर्सी हल्लियो, कारवाहीको धम्की

काठमाडौं– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको एउटा निर्णयले राष्ट्रवादी केपी शर्मा ओली नेतृत्वको सरकारमा चिन्ता छाएको छ। संघीय समाजवादी फोरमबाट मुख्यमन्त्री बनेका राउतले ओली नेतृत्वको संघीय सरकारलाई चुनौती दिँदै प्रदेश प्रहरी विधेयक २०७५ संसद पारित गराएका छन्। यो निर्णयले केन्द्र चिन्तित बनेको हो।

प्रदेश नम्बर २ मा शनिबार बसेको प्रदेश सभाको बैठकले ‘प्रदेश प्रहरी विधेयक २०७५’ दुई तिहाइ बहुमतले पारित गरेको हो। प्रदेश नं २ लार्इ अब आफ्नो प्रहरी संगठन निर्माण गर्न कुनै रोकटोक हुने छैन्। उक्त विधेयक पारित भएर ऐन बनेपछि अब प्रदेशले आफ्नै प्रहरी संगठन राख्ने ढोका पूर्ण रुपमा खुलेको छ ।

संघीय सरकारले ढिलासुस्ती गरेको भन्दै प्रदेश नं २ का मुख्यमन्त्री राउतले पटकपटक प्रदेश सरकारले आफै कर्मचारी भर्ना गर्ने चेतावनी दिदै आएका थिए । संघीय सरकारले संघीयता कार्यान्वयनमा उदासिनता देखाइरहेको भन्दै आरोप लागेको बेला प्रदेश २ ले एक कदम अघि बढेर निर्णय गरेको छ । संघीय सरकारले देशभरिका प्रहरी परिचालन गर्ने गरी नयाँ प्रहरी ऐन ल्याउने बताउदै आएको थियो ।

कारवाहीको धम्की

प्रदेश सरकारको यो निर्णयले आत्तिएको राष्ट्रवादी ओली सरकारले कारवाहीको धम्की दिएको छ। आइतवार प्रधानमन्त्री ओलीका तर्फबाट नेकपाका नेता एवं उच्चस्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेले प्रदेश सरकारको निर्णय मान्य नहुने चेतावनी दिएका छन्। उनले केन्द्र सरकारलाई कमजोर नआक्न चेतावनी दिँदै प्रदेशको एकलौटी निर्णय कार्यान्वयन हुननसक्ने बताएका छन्।

केन्द्रबाट सञ्चालन हुने मौद्रिक नीति होस् या लोकसेवा लगायत अरु कर्मचारी व्यवस्थापनको कुरामा आफूहरुले संविधानमै एउटा दायरा बनाएको उनले सुनाए । पाण्डेले भने, ‘यी सबै कुराहरु केन्द्र सरकारको तर्फबाट सम्पादन हुन्छ । कुन–कुन काम कुन सरकारले गर्ने भन्नेबारे संविधानले नै सबै निर्दिष्ट गरिसकेको छ । त्यो अनुसार नै चल्छ।’

प्रदेशले चाहेर नयाँ नयाँ कुराहरु र नयाँ नयाँ कानुनहरु ल्याउन चाह्यो भने त्यो संविधान र नेपाली जनताको मान्य नहुने स्पष्ट पारे । उनले भने, ‘प्रदेशले चाहँदैमा, स्थानीय तहको सरकारले चाहँदैमा आफ्नो हिसाबले कुनैपनि ऐन, कानूनहरु बनाउने कुरा र कुनैपनि संरचना तयार पार्ने कुरा त्यो नेपाली जनताको मान्य र मुलुकको मान्यतामा त्यो रहन सक्दैन् ।’

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार