Bal-Umang

Bal-Umang

राष्ट्रियसभा अध्यक्षले ताेके हिउँदे अधिवेशनकाे समय, कहिलेदेखि हुँदैछ?

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशनकाे समय ताेकेका छन्। राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले आगामी पुसदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशनकाे समय ताेकेका हुन्।

नेपाल पत्रकार महासङ्घ पर्वतले सदरमुकाम कुश्माबजारमा शनिबार आयोजित पत्रकार भेटघाटमा उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै सदन पुसदेखि शुरु हुने जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले हिउँदे अधिवेशन समयमै शुरु नगरे पर्याप्त छलफल हुन नसक्ने उल्लेख गरे ।

अध्यक्ष तिमिल्सिनाले १६ वटा मौलिक हक कार्यान्वयनको चरणमा रहेको बताउँदै दुवै सदनबाट सर्वसम्मत पमा पास भएको स्पष्ट पार्नुभयो । उनले छोटो समयमै दुवै सदनले राम्रो काम गरेको बताउँदै सङ्घ, प्रदेश र स्थानीय तहका लागि आवश्यक कानूनहरु तत्काल बनाउनुपर्ने अवस्था रहेको बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार