Bal-Umang

Bal-Umang

३८ क्वीन्टल सुन तस्करी प्रकरण : प्रहरीकाे ठूलाे सफलता, मुख्य अभियुक्त दुबईमा पक्राउ

काठमाडौं : विगत चार वर्षदेखि तस्कारी हुँदै आएको सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले फेला पारेकाे छ । श्रेष्ठलाई प्रहरीले संयुक्त अरब इमिरेट्समा फेला पारी पक्रेर नेपाल ल्याएको छ ।

श्रेष्ठ ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त रहेकाे छन्। श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको छ । श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ ।

श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । उनले त्यहाँबाट नेपाल सुन पठाउने काम गर्थे ।रेड नोटिस जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरेर तारेखमा छाडेको थियो ।दुई देशबच सुपुर्दगी सन्धि नभएको कारण युएईले उनलाई निष्काशन गरी नेपाललाई हस्तान्तरण गरेको हो ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार