Bal-Umang

Bal-Umang

सभामुख महराले भने-‘प्रदेश ५ को राजधानी दाङ नै हुन्छ’

काठमाडाैँ । सभामुख कृष्णबहादुर महराले प्रदेश ५ को राजधानी दाङ मै हुनु पर्नेमा जोड दिएका छन्। उनले यो सम्भावना बढी रहेको र आश नमरेको भन्दै यसका लागि नयाँ ढंगको आन्दोलनको आवश्यकता रहेको बताए। शनिबार दाङमा अायाेजित एक कार्यक्रममा सभामुख महराले यस्ताे बताए।

‘राजधानी दाङलाई चाहिएको होइन, बाँके बर्दियादेखि परासीसम्म जोड्नका लागि दाङ केन्द्र हुन्छ’, उनले भने, ‘त्यसका लागि दाङ राजधानी हुनु पर्छ। अस्थायी राजधानी मात्रै बुटवल तोकिएको हो।’

उनले स्थानीय राजधानी दाङ नै तोकिने प्रष्ट पारे। उनले दाङमा अस्थायी राजधानी नतोकिनुमा राष्ट्रिय अन्तराष्ट्रिय खेल भएको आरोप लगाए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार