Bal-Umang

Bal-Umang

दश वर्षीया बालिकाको सामुहिक बलात्कारपछि हत्या, प्रहरीले लियाे यस्ताे एक्सन

काठमाडौं । धनुषाको औरही–२ परवाहाकी १० वर्षीया बालिकाको सामुहिक बलात्कारपछि हत्या गरिएको छ ।घरनजिकै लागेको दुर्गा पूजा हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन् ।

घटनामा संलग्न स्थानीय विनोद मुखिया विन र नथुनी पण्डित कुमहारलाई धनुषा प्रहरीले शनिबारै पक्राउ गरेको छ ।

शुक्रबार साँझबाट हराएकी उनको शव शनिबार अपराह्न गाउँ नजिकैको धानखेतमा भेटिएको हो ।

 

एसपी गोविन्द थपलियाका अनुसार खाजा खुवाउने प्रलोभनमा बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार र हत्या गरेको उनीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार