Bal-Umang

Bal-Umang

संघीय समाजवादी फोरम नेपालका दुई नेताको मोटरसाइकल दुर्घटनामा मृत्यु

मोरङ, २६ असोज । संघीय समाजवादी फोरम नेपालका दुई नेताको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाे छ। मोरङ क्षेत्र नं ३ का अध्यक्ष वर्ण र सहसचिव मनकुमार राईको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाे हाे ।

संघीय समाजवादी फोरमका सचिव परशुराम बस्नेतले बिहीबार मोटरसाइकल दुर्घटनामा परी दुवैको मृत्यु भएको बताए।

सचिव बस्नेतले उक्त घटनाबारे उल्लेख गर्दै श्रदाञ्जली अर्पण गरेका छन् भने शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

वर्ण राई सामाजिक कार्यकर्ता समेत थिए । उनी किरात राई यायोक्खा बेलबारी नगर समितिका सविच थिए ।
मोरङका पत्रकार ऋषि राईका अनुसार आगामी आइतबार बेतना समाधिस्थलमा किराती परम्परा अनुसार दुवैजनाको अन्त्येष्टि गरिनेछ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार