Bal-Umang

Bal-Umang

ओली सरकारलाई मुख्यमन्त्री राउतको कडा चेतावनी, मधेसमा ठूलो विद्रोहको तयारी!

‘संघीय सरकारले प्रहरी प्रशासन हस्तान्तरण नगरे आफैं स्थापना गर्छौं’

लहान। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले केपी शर्मा ओली नेतृत्वको केन्द्रीय सरकारले अधिकार नदिए आफैं अघि बढ्ने चेतावनी दिएका छन्।

सङ्घीय सरकारले आवश्यक कर्मचारी नपठाउँदा विकास निर्माणको काम प्रभावकारी हुननसकेको बताउँदै उनले सङ्घीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफ्नै प्रहरी प्रशासन स्थापना गर्ने चेतावनी दिए। यसअघि अाफ्नै प्रहरी बनाउने राउतकाे अभिव्यक्तिले केन्द्र सरकारमा ठूलाे हलचल ल्याएकाे थियाे।

प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले संसद्मा करार विधेयक, प्रहरी विधेयकलगायतका विधेयक ल्याएको बताए।

प्रहरी ऐनमाथि सदनमा छलफल शुरु भइसकेकाले यसै साता पारित हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले ऐन पारित भएलगत्तै प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार