Bal-Umang

Bal-Umang

फोरम छाडेर कांग्रेस गएका अभिषेकप्रताप शाहले गरे देशलाई ठूलो घात! मधेसमै कडा विरोध

काठमाडौँ । प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । संघीय समाजवादी फोरमका पूर्व उपमहासचिव समेत रहेका सांसद साह निर्वाचनअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।

भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित भए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएका दाबीसहित प्रचार गरिएको थियो ।

उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ ।

कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यानाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद साह विशिष्ट अतिथि थिए । कार्यक्रममा सहभागी भएको तस्बिर शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

मधेसमै कडा विरोध

खासै विवादमा नआउने सांसद साहको यो काण्डले मधेसमा चर्काे विरोध भएको छ। मधेसमा मात्र होइन पुरै देशभर उनले देशमाथि घात गरेको टिप्पणी समेत भइरहेको छ। उनलाई कारवाही गर्न समेत सामाजिक सञ्जालमा व्यापक रुपमा माग उठेको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार