Bal-Umang

Bal-Umang

सत्तारुढ दलकै नेताले भने- ‘गियर चेन्ज गरेपछि बल्ल विकासकाे गतिले पिकअप लिन्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले सरकारको काम गर्ने गति सुस्त भएको बताएका छन् ।

महँगी, भ्रष्टाचार, सुरक्षा लगायतका सवालमा जनताका गुनासाहरु दिन प्रति दिन बढीरहेकाेले त्यसलाई सम्बोधन गर्दै सरकारले जनताको सेवामा तीव्र रुपमा अघि बढ्नु पर्नेमा नेता रायमाझीले जोड दिए ।

उनले भने, ‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । ,गियर चेन्ज गरेपछि बल्ल पिकअप लिन्छ ।’

देश राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै नेता रायमाझीले दुई तिहाईको वर्तमान सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको मार्गचित्र निर्माण गरेर द्रुत गतिमा अघि बढ्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार