Bal-Umang

Bal-Umang

दशैंकाे मुखमा मधेसमा नेकपा, कांग्रेस र राजपामा पहिराे, सयाैं नेता कार्यकर्ता फाेरममा प्रवेश

लहान। अाम नेपालीलार्इ दशैंतिहारकाे राैनकले छाेएका बेला तरार्इ मधेसमा भने सत्तारूढ दल र प्रतिपक्षी दलमा पहिराे गएकाे छ। प्रमुख सत्तारूढ नेकपा, प्रतिपक्षी कांग्रेस र राजपाका संयाै नेता कार्यकर्ता दशैंकाे मुखमा संघीय समाजवादी फाेरम नेपालमा प्रवेश गरेका छन्।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताउनुभएको छ ।
सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा मङ्गलबार आयोजित पार्टी प्रवेश एवं शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संसद्मा करार विधेयक, प्रहरी विधेयकलगायतका विधेयक ल्याएको बताउनुभयो । सङ्घीय सरकारले आवश्यक कर्मचारी नपठाउँदा विकास निर्माणको काम प्रभावकारी हुननसकेको बताउनुहुँदै उहाँले सङ्घीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफ्नै प्रहरी प्रशासन स्थापना गर्ने बताउनुभयो । प्रहरी ऐनमाथि सदनमा छलफल शुरु भइसकेकाले यसै साता पारित हुने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले ऐन पारित भएलगत्तै प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रीय सदस्य एवं पूर्वसभासद डा वीरेन्द्र महतो, केन्द्रीय सदस्य अशेश्वर यादवसहितको सहभागिता रहेको थियो । सो कार्यक्रममा नेकपा, काङ्ग्रेस र राजपालगायतका विभिन्न पार्टीबाट सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकालाई मुख्यमन्त्री राउतले फूलमाला लगाई पार्टीमा स्वागत गर्नुभयो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार